ad ad

समाज


मध्य र पश्चिम तराईमा अझै ४ दिन छैन मनसुन पुग्ने सम्भावना, तातो हावाको चेतावनी

मध्य र पश्चिम तराईमा अझै ४ दिन छैन मनसुन पुग्ने सम्भावना, तातो हावाको चेतावनी

प्रतिकात्मक तस्बिर : मनसुन


नेपालखबर
असार २, २०८१ आइतबार १७:४४, काठमाडौँ

देशका मध्य र पश्चिम तराईमा अझै ४ दिन पानी पार्ने प्रणाली मनसुन पुग्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।   

हाल मनसुन देशको पूर्वी भागमा मात्र रहेको महाशाखाले जनाएको छ। गत जेठ २८ गते (जुन १० तारिख) कोसी प्रदेश प्रवेश गरेको मनसुनको प्रभाव मधेसको पूर्वी भाग र बागमती प्रदेशको पूर्वी भागसम्म मात्र आइपुगेको मौसमविद्को भनाइ छ। यद्यपि कोसी प्रदेशयता मनसुन प्रवेशको औपचारिक घोषणा भने मौसम महाशाखाले गरिसकेको छैन। 

बरु आगामी ४ दिनसम्म मध्य तथा पश्चिम तराईमा अत्यधिक गर्मी हुने सम्भावना देखिएको भन्दै ती क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले आइतबार अपराह्न चेतावनी जारी गरेको छ। 

जसमा भनिएको छ- देशभरको तापक्रमको अवस्थाको विश्लेषणअनुसार (माथि चित्र) आगामी केही दिनसम्म देशका मध्य तथा पश्चिमी तराईका भूभागमा अत्यधिक गर्मीको सम्भावना देखिएकाले आवश्यक तयारी गर्न हुन तथा आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ। तसर्थ ती भूभागमा आगामी ४ दिन (असार ६ गते) सम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको हुनाले सोको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

महाशाखाका अनुसार, 

यी हुन् सम्भावित असर 
तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असर जस्तै : थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता आदि हुनसक्ने। 

यी हुन् बच्ने उपाय
तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, घाममा बढी नबस्ने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, पटकपटक पानी तथा झोल पदार्थ प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह/सुझाव लिने। 

साथै मौसम महाशाखाले दैनिक रूपमा मौसमसम्बन्धी जानकारी लिइरहन पनि अनुरोध गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .