ad ad

समाज


कहाँसम्म आइपुग्यो मनसुन? यसो भन्छन् मौसमविद्

कहाँसम्म आइपुग्यो मनसुन? यसो भन्छन् मौसमविद्

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
असार २, २०८१ आइतबार ७:२५, काठमाडौँ

नेपालमा मनसुन भित्रिएको आज (असार २ गते) ८ दिन भइसकेको छ। मौसम पूर्वानुमान महाशाखाले गत जेठ २८ गते (जुन १० तारिख) कोसी प्रदेशको पूर्वी क्षेत्रमा मनसुन प्रवेश गरेको घोषणा गरेको थियो। 

त्यसयता महाशाखाले आफ्नो मौसम पूर्वानुमान बुलेटिनमा दैनिक लेख्ने गरेको छ- ‘हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको बिहार आसपास रहेको न्यून चापीय  क्षेत्रको आंशिक प्रभाव रहेको छ।’ 

यस सूचनाबाट आठ दिनदेखि मनसुन देशको पूर्वी क्षेत्रमा मात्र सीमित रहेको बुझिन्छ। तर पूर्वी क्षेत्र भन्नाले नेपालको कुन जिल्ला वा स्थानसम्म मनसुन आइसकेको हो त? प्रस्ट हुँदैन। 

अनौपचारिक कुराकानीमा भने मौसम महाशाखाका मौसमविद्ले मनसुन कोसी प्रदेशको पूरै क्षेत्रमा फैलिसकेको तथा मधेस र बागमती प्रदेशसम्म त्यसको प्रभाव सुरु भएको बताउने गरेका छन्।

यस क्रममा आज (आइतबार) बिहान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले नेपालखबरसँग भने, ‘हामी निरन्तर अनुगमन गरिरहेका छौँ, मनसुन मधेस प्रदेश र बागमती प्रदेशका पूर्वी भूभागसम्म आइसकेको छ, तर हामी छलफलमै छौँ, आज एउटा निष्कर्षमा पुगेर मनसुनबारे नयाँ बुलेटिन जारी गर्ने सम्भावना अधिकतम छ।’

यस वर्ष मनसुन सरदर मिति (जुन १३ तारिख) भन्दा ३ दिनअघि (जुन १० तारिख) नै नेपाल भित्रिएको थियो। तर कोसी प्रदेशबाट मनसुन पश्चिमतर्फ फैलिन ढिला भइरहेको छ। मौसमविद्कै भनाइअनुसार विगतका वर्षमा मनसुन भित्रिएको ५ देखि ७ दिनसम्ममा देशभर फैलिएको थियो। 

तर यसपटक ८ दिन भइसक्दा पनि मौसम महाशाखाले मनसुन कोसीबाहेकको प्रदेशमा फैलिएको औपचारिक घोषणा गर्न सकेकाे छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .