ad ad

समाज


चार दिन हिरासतमा बसेपछि कैलाश सिरोहिया अस्पताल भर्ना

चार दिन हिरासतमा बसेपछि कैलाश सिरोहिया अस्पताल भर्ना

फाइल तस्बिर : कैलाश सिरोहिया


नेपालखबर
जेठ १२, २०८१ शनिबार ९:११, काठमाडौँ

चार दिनदेखि धनुषा जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना भएका छन्।

नागरिकता प्रकरणमा गत मंगलबार साँझ काठमाडौँस्थित कान्तिपुर कार्यालयबाटै पक्राउ गरी धनुषा (जनकपुर) पुर्‍याइएका सिरोहिया स्वास्थ्यमा समस्या आएपछि शुक्रबार अस्पताल भर्ना भएका हुन्। 

उच्च रक्तचाप, मुटुको चालमा उतारचढाव र टाउको दुखाइ बढेपछि सुरुमा जनकपुर प्रादेशिक अस्पतालमा भर्ना गरिएका उनलाई थप उपचारका लागि काव्या अस्पताल लगिएको छ। 

परिवारका अनुसार सिरोहियालाई पहिलेदेखि नै डायबिटिज, उच्च रक्तचापलगायत स्वास्थ्य समस्या थिए।

अनुसन्धान नसकिएको भन्दै थप म्याद मागेपछि प्रहरीले शुक्रबार जिल्ला अदालतबाट थप ३ दिन सिरोहियालाई हिरासतमा राख्न अनुमति पाएको छ। शुक्रबार अदालत पेस गरिनुअघि सरकारी वकिलको कार्यालयमा सिरोहियासँग ३ घण्टा लामो बयान लिइएको थियो। 

पहिलोपटक गत बुधबार पनि अदालतले सिरोहियाविरुद्ध ३ दिन नै म्याद थपेको थियो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .