काठमाडौँ उपत्यकामा फेरि वर्षाको सम्भावना देखिएको मौसमविद्ले बताएका छन्।
अहिले (शनिबार बिहान) पानी पर्न रोकिए पनि फेरि दिउँसो हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले जानकारी दिइन्।
‘काठमाडौँ उपत्यकामा बिहान ४ बजेदेखि करिब ८ बजेसम्म वर्षा भएको थियो’, उनले भने, ‘फेरि दिउँसो पनि पानी पर्ने सम्भावना देखिएको छ।’
वर्षा भने हल्का (१० मिलिमिटरभन्दा मुनि) मात्र हुने सम्भावना रहेको उनले बताइन्।
देशभरको कुरा गर्दा मौसम महाशाखाका अनुसार दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा देशका बाँकी भूभागका एक/दुई ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षा हुने सम्भावना छ।
2.7k
Shares
प्रतिक्रिया