कान्तिपुर मिडिया ग्रुप (केएमजी) का अध्यक्ष कैलाश सिरोहियालाई ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
धनुषा जिल्ला अदालतका न्यायाधीश चुरामन खड्काको इजलासले ३ दिन हिरासतमा राखेर नागरिकता कसुरमा अनुसन्धान गर्न अनुमति दिएको हो।
प्रहरीले पहिलोपटक ५ दिन हिरासतमा राख्न माग गर्दै सिरोहियालाई बुधबार अदालतमा पेस गरेको थियो।
सिरोहियाका कानुन व्यवसायीले भागी जाने अवस्था र प्रमाण नष्ट गर्ने सम्भावना नरहेको कारण हिरासतमा नराखी अनुसन्धान अघि बढाउन आदेश दिनुपर्ने माग गरेका थिए। सिरोहियामाथि गृहमन्त्री रवि लामिछानेले पूर्वाग्रहपूर्ण तरिकाले धरपकड गरेको कानुन व्यवसायीहरूको जिकिर थियो।
सिरोहियालाई मंगलबार काठमाडौंस्थित कान्तिपुरको कार्यालयबाट पक्राउ गरेर राति नै धनुषा लगिएको थियो।
धनुषा प्रहरीले दियो सिरोहिया पक्राउका यी ६ आधार
474
Shares

प्रतिक्रिया