ad ad

समाज


सिरोहिया छुटाउन शम्भु थापासहित १२ अधिवक्ता बहस गर्दै

सिरोहिया छुटाउन शम्भु थापासहित १२ अधिवक्ता बहस गर्दै

फाइल तस्बिर : वरिष्ठ अधिवक्ता शम्भु थापा


नेपालखबर
जेठ ११, २०८१ शुक्रबार १३:३२, काठमाडौँ

नागरिकता गडबडी प्रकरणमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हाल धनुषा जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन्। 

मंगलबार साँझ काठमाडौँको थापाथलीस्थित कान्तिपुर कार्यालयमै पक्राउ गरी धनुषा प्रहरीको जिम्मा लगाइएका उनलाई आज दोस्रोपटक म्याद थपका लागि आज पुनः जिल्ला अदालत धनुषा पेस गरिँदै छ। 

तर उनलाई रिहा गराउन १२ जना अधिवक्ता बहसका लागि तयार भएका छन्।

सिरोहियाका पक्षमा वकालत गर्न वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, चुमान किशोर लामा, विनोद शर्मा, रमण श्रेष्ठ, शेरबहादुर केसी, टीकाराम महर्जन र गोविन्द वली तथा अधिवक्ताहरू रमण कर्ण, दीपेन्द्र झा, सुदीप कोइराला, किशोर पौडेल र रवि नायक जनकपुर (धनुषा) पुगेका हुन्।

यसअघि गत बुधबार अदालतले सिरोहियालाई हिरासतमा राख्न दिएको ३ दिनको म्याद बिहीबार सकिएकाले प्रहरीले दोस्रोपटक म्याद थप्न लागेको हो। 

अदालतले म्याद थप्न अस्वीकार गरे उनी आज छुट्ने छन्। 

अहिले भने सरकारी वकिल कार्यालयमा सिरोहियाको बयान जारी रहेको सरकारी वकिल कार्यालय प्रमुख सुदीपकुमार दंगालले जानकारी दिएका छन्।

बयान सकिनेबित्तिकै उनलाई अदालत पेस गरिने धनुषा प्रहरीका प्रवक्ता, डीएसपी रञ्जन अवाले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .