ad ad

समाज


सिरोहियालाई आज पुनः अदालत लगिँदै

सिरोहियालाई आज पुनः अदालत लगिँदै

पहिलोपटक म्याद लिन गत बुधबार अदालत लगिँदै गरिएका सिरोहिया।


नेपालखबर
जेठ ११, २०८१ शुक्रबार ८:५२, काठमाडौँ

नागरिकता गडबडी प्रकरणमा जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुप (केएमजी) का अध्यक्ष कैलाश सिरोहियालाई आज (शुक्रबार) दोस्रोपटक अदालत पेस गरिँदै छ। 

धनुषा प्रहरीका प्रवक्ता, डीएसपी रञ्जन अवाका अनुसार अनुसन्धान जारी रहेकाले सिरोहियालाई दोस्रोपटक म्याद थप्न आज धनुषा जिल्ला अदालत पेस गरिने भएको हो। 

‘बुधबार अदालतले पहिलोपटक दिएको ३ दिनको म्याद बिहीबार सकिएकाले पुन: म्याद थपका लागि अदालत पेस गर्न लागिएको हो’, उनले भने।  

गत बुधबार धनुषा जिल्ला अदालतका न्यायाधीश चुरामन खड्काको इजलासले सिरोहियालाई ३ दिन हिरासतमा राखेर नागरिकता कसुरमा अनुसन्धान गर्न अनुमति दिएको थियो। 

बिहीबार सार्वजनिक बिदा थियो। 

नागरिकता कसुरमा सिरोहियालाई मंगलबार साँझ काठमाडौँस्थित कान्तिपुरको कार्यालयबाट पक्राउ गरी धनुषा लगिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .