ad ad

समाज


सरकारी वकिल कार्यालयमा दुई घण्टादेखि सिरोहियाको बयान

बयान सकेर मात्रै अदालत लगिने
सरकारी वकिल कार्यालयमा दुई घण्टादेखि सिरोहियाको बयान

नेपालखबर
जेठ ११, २०८१ शुक्रबार १३:१८, काठमाडौँ

प्रहरी हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुप (केएमजी) का अध्यक्ष कैलाश सिरोहियाको झण्डै दुई घन्टादेखि बयान जारी छ।

शुक्रबार बिहान झण्डै ११ बजेदेखि सरकारी वकिल कार्यालयमा सिरोहियाको बयान जारी रहेको सरकारी वकिल कार्यालय प्रमुख सुदीपकुमार दंगालले जानकारी दिए।

सरकारी वकिल कार्यालय प्रमुख सुदीपकुमार दंगालका अनुसार, बयान सकेर मात्रै उनलाई अदालत लाने तयारी गरिएको छ। सिरोहियाको पक्षमा बहस गर्न वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, मधेस प्रदेशका पूर्व मुख्य न्यायाधिवक्ता दीपेन्द्र झालगायत जिल्ला अदालत, धनुषा पुगिसकेका छन्। 

धनुषा जिल्ला अदालतले प्रहरीलाई अनुसन्धान गर्न सुरुमा तीन दिनको म्याद दिएको थियो। 

सिरोहियालाई थप हिरासतमा राख्न अदालतले आज अनुमति दिनुपर्ने हुन्छ। अदालतले अनुमति नदिए उनलाई छाड्नपर्ने हुन्छ। 

नागरिकतासम्बन्धी विवादमा सिरोहिया थापाथलीस्थित कान्तिपुरको मुख्यालयबाट गत मंगलबार पक्राउ परेका थिए। पक्राउ परेलगत्तै उनलाई जनकपुर लगिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .