न्याय सेवा आयोगले न्याय सेवाका दुई अधिकृतलाई विशिष्ट श्रेणीमा बढुवाका लागि सिफारिस गरेको छ।
न्याय परिषद्का निमित्त सचिव भद्रकाली पोखरेल सर्वोच्च अदालतको रजिस्ट्रारमा सिफारिस भएका छन्।
त्यस्तै सहरजिस्ट्रार यमबहादुर बुढा न्याय परिषद् सचिवमा नियुक्तिका लागि सिफारिस भएका छन्।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले आज बिहान यो निर्णय गरेको न्याय परिषद सचिवालयका प्रवक्ता अशोक क्षत्रीले नेपालखबरलाई जानकारी दिए।
मन्त्रिपरिषदको निर्णयपछि उनीहरूको पदस्थापन हुनेछ।
207
Shares
प्रतिक्रिया