ad ad

समाज


पोखरामा सहकारी तोडफोड आरोपमा ६ पुरुष र ३ महिला पक्राउ

पोखरामा सहकारी तोडफोड आरोपमा ६ पुरुष र ३ महिला पक्राउ

प्रतिकात्मक तस्बिर


नेपालखबर
जेठ ९, २०८१ बुधबार १३:५५, काठमाडौँ

पोखरामा सहकारी संस्था तोडफोड गरेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ। 

पोखरा महानगरपालिका–३० शिसुवास्थित चक्रदेवी सहकारी संस्थामा तोडफोड गरेको आरोपमा प्रहरीले मंगलबार दिउँसो ६ पुरुष र ३ महिलालाई पक्राउ गरेको हो।  

प्रहरीका अनुसार माछापुच्छ्रे गाउँपालिका–५ रिवान बस्ने ३६ वर्षीय प्रकाश विक, पोखरा महानगरपालिका–२७ लेखनाथ बस्नेहरू ४२ वर्षीय गणेश शाही, २९ वर्षीय समिन विक, २७ वर्षीय सञ्जीप सुनार, ५२ वर्षीय यमबहादुर चौरेली र ४९ वर्षीया कृष्णकुमारी चौरेली तथा झापा भद्रपुर नगरपालिका–३ बस्ने ४० वर्षीय राजीव प्रसाईं, रुपन्देही घर बताउने ४७ वर्षीया कमला चन्द र नवलपरासी घर बताउने ४२ वर्षीया विष्णु बोहरालाई पक्राउ गरिएको हो। 

सहकारी संस्थामा तोडफोड भएको भन्ने सूचना प्राप्‍त हुनासाथ इलाका प्रहरी कार्यालय (सिसुवा, कास्की) बाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। 

उनीहरूले सहकारीका कर्मचारीलाई हातपात, कागजपत्र हिनामिना तथा टेलिफोन तथा नेटको तारमा समेत क्षति पुर्‍याएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .