समाज


नवीनाले छुटाएका सत्यमान प्रहरीलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ

नवीनाले छुटाएका सत्यमान प्रहरीलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ

नेपालखबर
फागुन ६, २०७६ मंगलबार ६:४४,

मादक पदार्थ सेवन गरी प्रहरीलाई दुर्व्यवहार गर्ने सत्यमान लामालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका दावा लामाका सहयोगी लामालाई प्रहरीले लाजिम्पाटस्थित सांग्रिला होटलको अगाडिबाट सोमबार राति पक्राउ गरेको हो। उनलाई गस्तीमा रहेको महाराजगञ्ज वृत्तको प्रहरी टोलीले पक्राउ गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले जानकारी दिए।

‘मादक पदार्थ सेवन गरी प्रहरीलाई दुर्व्यवहार गरेपछि उनलाई पक्राउ गरिएको हो’, डीएसपी बोगटीले नेपालखबरसँग भने। पक्राउ  परेका लामालाई हिरासतमा लिएर अनुसन्धान अगाडि बढाएकाे उनले जानकारी दिए।

लामा यसअघि गत असारमा ठगीको आरोपमा पक्राउ परेका थिए। काभ्रे घर भएका लामा पक्राउ परेपछि काभ्रेकै सांसद नवीना लामाको दबाबमा प्रहरीले उनलाई छाडेको थियो।

नेपाल प्रहरीको ‘क’ वर्गको गुण्डाको सूचीमा रहेका दावा लामाको सहयोगीका रुपमा काम गर्दै आएका सत्यमानबारे लुटपाट, गुण्डागर्दी तथा अवैध डलर कारोबारका थुप्रै उजुरी  रहेको प्रहरीले जनाएको छ।

राजनीतिक संरक्षण आडमा उनले यस्ता गतिविधि गर्दै आएको प्रहरीको दावी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad