ad ad

समाज


वुहान अस्पतालका निर्देशकको कोराना भाइरसको संक्रमणबाट मृत्यु

 वुहान अस्पतालका निर्देशकको कोराना भाइरसको संक्रमणबाट मृत्यु

नेपालखबर
फागुन ६, २०७६ मंगलबार ६:५३,

वुहान अस्पतालका निर्देशक वरिष्ठ डाक्टर लिउ जिमिङको मंगलबार बिहान मृत्यु भएको चिनियाँ संचारमाध्यमहरले जनाएका छन्।

बिहान १० बजेर ३० मिनेटमा डाक्टर लिउको मृत्यु भएको चीनको केन्द्रीय टेलिभिजन माइक्रोब्लगले जनाएको छ।

वुहान कोरोनाभाइरसको उद्गमस्थल हो। यस स्थानमा कोरानाबाट संक्रमितको दर र बिरामीको मृत्युदर सबैभन्दा बढी भएको चीनको स्वास्थ्य विभागले जनाएको छ।

चाइनिज सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन ‘सीसीडीसी’ को अध्ययनले हालसम्म कोरोना नियन्त्रणमा खटेका ३ हजार १९ चिकित्सक पनि बिरामी परेको उल्लेख गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .