समाज


अध्ययन भन्छः कोरोनाभाइरसको जोखिममा वृद्धवृद्धा र बिरामी

अध्ययन भन्छः कोरोनाभाइरसको जोखिममा वृद्धवृद्धा र बिरामी

नेपालखबर
फागुन ६, २०७६ मंगलबार ६:३३,

हालसम्म ७३ हजारभन्दा बढी कोरोनाबाट संक्रमित बनिसक्दा १८ सय ७३ जनाको मृत्यु भएको पुष्टी भएको छ।

चाइनिज सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन ‘सीसीडीसी’ को अध्ययनले हालसम्म चीनमा देखिएका संक्रमितहरु अधिकाँश वृद्धवृद्धा र पहिल्यै बिरामी परेकोहरु रहेको बताइएको छ।

कोरोना संक्रमितमध्ये ८० प्रतिशत वृद्धवृद्धा र बिरामी भएको पाइएको अध्ययनमा उल्लेख गरिएको छ।

अध्ययनमा संक्रमितमध्ये हासम्म २.३ प्रतिशतको मृत्यु भएको जनाइएको छ।

सोमबार प्रकाशित अध्ययनअनुसार हालसम्म संक्रमितमध्ये ८०.९ प्रतिशतको अवस्था सामान्य छ। १३.८ प्रतिशत संक्रमितको अवस्था गम्भीर बन्दै गएको छ भने ४.७ प्रतिशत संक्रमितको अवस्था अत्यन्त चिन्ताजनक छ।

अध्ययनमा ८० वर्षभन्दा बढी उमेर भएका मानिसको मृत्यु हुने संभावना १४.८ प्रतिशत छ। यस्तै ९ वर्षसम्मका बालबालिकाको मृत्यु हुने सम्भावना शुन्य छ। ९ देखि ३९ वर्षका मानिसको मृत्यु हुने संभावना ०.२ प्रतिशतले छ।

४० देखि ५० वर्ष उमेरका मानिस जो कोरोनाबाट संक्रमित छन् उनीहरुको मृत्युको सम्भावना क्रमश ०.४ प्रतिशत र १.३ प्रतिशतले छ।

यस्तै ६० देखि ७० वर्ष उमेर समूह जो कोरोनाबाट संक्रमित छन् उनीहरुको मृत्यु हुने सम्भावना क्रमश ३.६ प्रतिशत र ८ प्रतिशतले छ।

लिंगको अनुपातलाई हेर्दा पुरुषको मृत्यु हुने सम्भावना २.८ प्रतिशतले छ भने महिलाको मृत्यु हुने संख्या १.७ प्रतिशतले छ।

अध्ययनमा हालसम्म ३ हजार १९ चिकित्सक पनि बिरामी परेको उल्लेख गरिएको छ। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad