सुनसरीको धरान उपमहानगरपालिका-१६ की २१ वर्षीय सुमना श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका उनका प्रेमीलाई प्रहरीले शुक्रबार सार्वजनिक गर्दैछ।
घटनापछि प्रहरीले यस प्रकरणमा अनुसन्धानका लागि ७ जनालाई पक्राय गरेको थियो।
प्रहरीले बिहीबार धनकुटाबाट सुमनाका प्रेमी भनिएका भुजेल थरका एकजना युवकलाई पक्राउ गरेको छ। एकजना प्रहरी अधिकारीका अनुसार उनले सुमनाको हत्यामा आफ्नो संलग्नता स्वीकारिसकेका छन्।
त्यहीकारण इलाका प्रहरी कार्यालय, धरानमा शुक्रबार दिउँसो ३ बजे पत्रकार सम्मेलन गरेर उनलाई सार्वजनिक गर्न लागिएको हो।
सम्बन्धित समाचार
प्रहरीका अनुसार अहिलेसम्म उक्त घटनामा एकजनाले मात्रै आफ्नो संलग्नता स्वीकारेका छन्।
घटनापछि फरार रहेका ती भुजेल थरका युवकले आफू सुनमाको प्रेमी भएको बताएका छन्। प्रहरीले घटनाको दिन सुमनमा र भुजेल थर ती युवक एकै स्कुटरमा चढेर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छिरेको विवरण पनि पत्ता लगाएको छ। सीसीटीभी फुटेजमा उनीहरू एकै स्कुटरमा छिरेको देखिएको हो।
सुमनाको शव बुधबार दिउँसो २ बजे स्थानीयबासीले घोपा क्याम्प र डिपोट स्कुलबीचको खोल्सामा देखेपछि प्रहरीलाई खबर गरेका थिए।
Shares

प्रतिक्रिया