समाज


धरानमा घाँटी रेटिएको अवस्थामा भेटियो किशोरीको शव

धरानमा घाँटी रेटिएको अवस्थामा भेटियो किशोरीको शव

तस्बिर स्रोत : सी द अनसिन


नेपालखबर
चैत ७, २०८० बुधबार १९:३, काठमाडौँ

धरान उपमहानरपालिका-१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा र डिपोट स्कुलबीचमा एकजना किशोरीको शव भेटिएको छ।

घाँटी रेटेर हत्या गरि फ्याँकिएको अवस्थामा किशोरीको शप भेटिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ। 

बुधबार दिउँसो साढे २ बजेतिर एकजना महिलाले बाख्रा चराउने क्रममा शव देखेकी थिइन्। शवबारे खबर आएपछि प्रहरीलाई जानकारी गराइएको धरान उपमहानरग १८ का वडाअध्यक्ष नरेन्द्रकुमार राई 'प्रवीण' ले बताएका छन्। 

खोल्सामा घोप्टो अवस्थामा शव भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ। प्रहरीले शवभन्दा केही मिटर पर खुकुरी पनि फेला परेको छ।

किशोरीको पहिचान खुलिसकेको छैन। अहिले उनको शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ।

प्रहरीले तालिमप्राप्त कुकुर ल्याएर घटनास्थललमा अनुसन्धान गरिरहेको छ।

    प्रतिक्रिया

    नेपाल खबर प्रा.लि
    सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

    Nepal Khabar Pvt. Ltd.

    Blue Star Complex
    Thapathali-11, Kathmandu, Nepal
    +977 01 5340505 / 5341389
    Admin:[email protected]
    News:[email protected]

    विज्ञापनका लागि सम्पर्क


    +977 9851081116
    [email protected]
    Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .