ad ad

ग्लोबल


अरविन्द केजरीवाल पक्राउले भारतमा भाँडभैलो, हेर्नुहोस् ७ तस्बिर

अरविन्द केजरीवाल पक्राउले भारतमा भाँडभैलो, हेर्नुहोस् ७ तस्बिर

नेपालखबर
चैत ९, २०८० शुक्रबार १३:५२, काठमाडौँ

आफ्ना नेता तथा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउको विरोधमा आम आदमी पार्टीले आज भारतका विभिन्न राज्यमा प्रदर्शन गरेको छ। 

मदिरा नीति प्रकरणमा बिहीबार साँझ प्रवर्तन निर्देशनालय (ईडी) ले गिरफ्तार गरेका केजरीवाललाई आज अदालत पेस गरिँदै छ। 

केजरीवाललाई पक्राउ गर्न ईडीको टोली बिहीबार साँझ उनको घर पुगेको थियो। दुई घन्टा सोधपुछपछि राति ९ बजे उनलाई नियन्त्रणमा लिइएको थियो।

हाल खारेज गरिएको दिल्ली मदिरा नीति घोटाला प्रकरणमा प्रवर्तन निर्देशनालयले उनलाई पक्राउ गरेको हो।

केजरीवाल नेतृत्वको दिल्ली सरकारले १७ नोभेम्बर २०२१ मा मदिरा बिक्रीको सम्पूर्ण अधिकार निजी क्षेत्रलाई सुम्पिने गरी नयाँ नीति ल्याएको थियो।

उक्त नीतिका कारण दिल्ली सरकारलाई २८ हजार करोड भारतीय रुपैयाँ घाटा भएको प्रवर्तन निर्देशालयको दाबी छ। 

तर दिल्ली सरकारले गत वर्ष जुलाई ३१ मा सो नीति खारेज गरिसकेको छ।

हेर्नुहोस् केजरीवाल पक्राउ विरोधमा आम आदमी पार्टीका नेता कार्यकर्ताले भारतका विभिन्न स्थानमा गरेका प्रदर्शनका तस्बिर

अरविन्द केजरीवालको गिरफ्तारीको विरोधमा बिहीबार राति केरलाको कोझिकोडमा गरिएको विरोध प्रदर्शन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .