राजनीति


प्रचण्डलाई साथ दिँदै बाबुरामले भनेः गिरिजाले ठोक्नुपर्छ भन्नुभएकै हो (भिडियाे)

प्रचण्डलाई साथ दिँदै बाबुरामले भनेः गिरिजाले ठोक्नुपर्छ भन्नुभएकै हो (भिडियाे)

नेपालखबर
फागुन २, २०७६ शुक्रबार १२:१५,

समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले जनयुद्ध दिवसका अवशरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्ति आंशिक सत्य भएको बताएका छन्।

शुक्रबार संसद भवन बाहिर पत्रकारहरुसँगको कुराकानीमा डा. भट्टराईले तत्कालिन राजा ज्ञानेन्द्रले शाहले २०६२ माघमा घोषणा गरेको नगरपालिका निर्वाचन विथोल्नका स्व. गिरिजा प्रसाद कोइरालाले आग्रह गरेको बताए। १२ बुँदे समझदारीमा नै कांग्रेस लगायतका सात दलले शान्तिपूर्ण आन्दोलन गर्ने र तत्कालिन माओवादी फौजी ढंगले अघि बढ्ने सहमति भएको उनले बताए।

उनले भने, ‘उहाँ (प्रचण्ड) को बानी नै सानो कुरालाई पनि बढाई चढाई गरी प्रस्तुत गर्ने बानी छ। उत्तेजना फैलाउने स्वभाव छ। १२ बुँदे समझदारीको ड्राफ्ट गर्ने म नै हुँ। मलाई याद छ। उहाँहरुले शान्तिपूर्ण ढंगले र हामीले फौजी ढंगले प्रहार गर्ने सहमति भएको थियो। पुसको अन्तिमतिर आन्दोलन राम्रोसँग हुन सकेन। हामीले युद्धविराम भंग गरेर जाने निर्णय गर्दा उहाँ (गिरिजा) ले ठोक्नुप-यो भनेर चाँही भन्नुभएको हो। लौन कारबाही अगाडि बढाउनुप-यो उहाँले भनेको हो। म पनि साक्षी थिए। एक दुई पटक भनेको कुरालाई युद्धभरी भनेजस्तो गरी प्रस्तुत गर्नुभएन। नगरपालिका निर्वाचन विथोल्न अलिअलि फौजी कारबाही बढाउनुप-यो भन्नुभएको हो।’

 

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तत्कालिन सभापति गिरिजाप्रसा कोइराला ज्युँदै हुँदा नभनेको कुरामा केही भन्न नसकिने बताए।। ‘खोई गिरिजाप्रसाद कोइराला जिउँदै हुँदा उहाँ (प्रचण्ड) ले केही बोल्नुभएन्। वितिसकेको व्यक्तिको बारेमा बोलेर हामी कसरी कमेन्ट गर्ने?’, उनले भने।

नेकपा अध्यक्ष दाहालले बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा भएको कार्यक्रममा जनयुद्धका बेला तत्कालिन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालासँग फोनमा कुराकानी भएको फौजी कारबाही बढाउन आग्रह गरेको बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad