ad ad

समाज


पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको अध्यक्षमा शर्मा

पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको अध्यक्षमा शर्मा

नेपालखबर
फागुन २०, २०८० आइतबार १३:२१, काठमाडौँ

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको अध्यक्षमा शिवसागर शर्मा निर्वाचित भएका छन्।

शनिबार राजधानीमा भएको सातौँ महाधिवेशनमा भएको निर्वाचनमा शर्माले ३ सय २३ मत ल्याएर विजयी भएका हुन्।  

यसैगरी शनिबार विभिन्न पदहरूमा सम्पन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा मातृका शिवाकोटी, उपाध्यक्षमा नारायण कुमार श्रेष्ठ, बुद्धिप्रसाद अधिकारी र सरोज मास्के निर्वाचित भएका छन्।

यस्तै महासचिवमा विष्णुप्रसाद पौडेल, उप-महासचिवमा अर्जुनकुमार आचार्य, कोषाध्यक्षमा ताराराम श्रेष्ठ, सचिवमा महेश शर्मा र शम्भु लामिछाने विजयी भएका छन्।

उता महिला सचिवमा कोपिला गिरी तथा सह-कोषाध्यक्षमा रविन बराल निर्वाचित भएका छन्। निर्वाचनले ३८ जनाको कार्यसमिति चयन गरेको छ।  

दुई दिनसम्म चलेको महाधिवेशनले लेखा समिति संयोजकमा कृष्णराम कार्कीलाई निर्वाचित गरेको छ। 

नवनिर्वाचित अध्यक्ष शर्माले आफ्नो कार्यकालमा महासंघको गरिमालाइ बढाउँदै व्यवसायीका समस्या समाधानमा प्रयास रहने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .