ad ad

समाज


रथीमा बढुवा थापालाई बलाध्यक्ष विभागको जिम्मेवारी

रथीमा बढुवा थापालाई बलाध्यक्ष विभागको जिम्मेवारी

तस्बिर : नेपाली सेना


नेपालखबर
फागुन ८, २०८० मंगलबार १८:१८, काठमाडौँ

नेपाली सेनाको रथीमा बढुवा भएका निर्मलकुमार थापालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। प्रधानसेनापति प्रभुराम शर्माले मंगलबार जंगी अड्डामा दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। 

मन्त्रिपरिषद बैठकले माघ २५ गते नै थापालाई रथीमा बढुवा गर्ने निर्णय गरेको भएपनि थापा संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा फोर्स कमाण्डरको रुपमा कार्यरत रहेकाले देशबाहिर थिए। रथीमा बढुवा भएका थापालाई बलाध्यक्ष विभागमा नियुक्त भएका छन्। 

२०२४ असोज २५ गते ललितपुरमा जन्मिएका रथी थापा २०४३ फागुन ३ गते नेपाली सेनाको अधिकृत क्याडेटमा भर्ना भएका थिए। २०४५ जेठ १९ गते नेपाली सैनिक प्रतिष्ठानबाट सहायक सेनानी भएका थिए। 

उनले गुल्म, गण, बाहिनी र पृतनाको कमाण्ड गरिसकेका छन्। यस्तै पीएसओज् सचिव, सैनिक सचिव, युद्धकार्य विभागको प्रमुख, सैनिक इन्टेलिजेन्स महानिर्देशक एवम् राष्ट्रिय सुरक्षा परिषदको सह संयोजकको रुपमा जिम्मेवारी सम्हालेका छन्। 

यस्तै अमेरिका, मलेसिया र रसियामा सञ्चालनमा भएका तालिममा रथी थापाले बंगलादेशमा एनडीसी तालिम सम्पन्न गरेका छन्। शान्ति सेनामा युगोस्लाभिया, इथियोपिया, इरिट्रिया, लेवनन तथा कंगोमा काम गरेका छन्। 

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा आगामी भदौबाट अवकासमा जाँदैछन्। त्यसपछिको सेना प्रमुख अशोक सिग्देल र थापा मध्येबाट बन्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .