ad ad

समाज


पाँचखालमा भारत र पाकिस्तानसहित १९ देशको संयुक्त सैन्य अभ्यास सुरु

पाँचखालमा भारत र पाकिस्तानसहित १९ देशको संयुक्त सैन्य अभ्यास सुरु

तस्बिर : नेपाली सेना


नेपालखबर
फागुन ८, २०८० मंगलबार १८:१५, काठमाडौँ

नेपालमा अमेरिका र भारतसहित १९ देशका सैनिकको संयुक्त अभ्यास सुरु भएको छ।

शान्ति स्थापनासम्बन्धी बहुराष्ट्रिय अभ्यास शान्ति प्रयासको चौथो संस्करणको तालिमा वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा सुरु भएको हो।

तालिमको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार जंगी अड्डामा आयोजित समारोहमा गरेका छन्। 

संयुक्त अभ्यासमा नेपालसहित बङ्गलादेश, फिँजी, घाना, इन्डोनेसिया, मलेसिया, मङ्गोलिया, श्रीलङ्का, थाइल्यान्ड, उरुग्वे, संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया, क्यानडा, भारत, नाइजेरिया, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, भियतनामका सैनिकहरू सहभागी छन्।

अभ्यास आगामी फागुण २१ गतेसम्म सञ्चालन हुने नेपाली सेनाले जानकारी दिएको छ। 

अभ्यास शान्ति प्रयास–४ संयुक्त राज्य अमेरिकी सरकारको सहयोगमा नेपाली सेना र संयुक्त राज्य अमेरिकी सेनाको सहकार्यमा आयोजना गरिएको हो। 

नेपालसहित १९ देशका १ हजार १२५ जनाको सहभागिता छ। नेपालले यसअघि सन् २००२, २०१३ र २०१७ मा यस प्रकारको अभ्यासका तीन वटा संस्करणहरु सञ्चालन गरिसकेको प्रधानसेनापति प्रभुराम शर्माले बताए। 

संयुक्त राष्ट्रसंघको कार्यादेश अनुरुप विश्वका विभिन्न द्वन्द्वग्रस्त क्षेत्रहरुमा शान्ति स्थापनार्थ खटिँदा शान्ति सैनिकहरुबिच एक आपसमा पारस्परिक सम्बन्ध तथा व्यवसायिकता अभिबृध्दिमा अभ्यास फलदायी हुने विश्वास प्रधानसेनापति शर्माले बताए। 

संयुक्त राज्य अमेरिकाका उप सहायक सचिव राहेल शिलरले विश्व शान्ति स्थापनामा नेपालले र्पुयाएको योगदानको प्रशंसा गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .