समाज


बालुवाटारको जग्गा हिनामिना : डिल्लीबजार मालपोतका कर्मचारी र विचौलिया दोषी ठहर

बालुवाटारको जग्गा हिनामिना : डिल्लीबजार मालपोतका कर्मचारी र विचौलिया दोषी ठहर

तस्बिर : नेपालखबर


नेपालखबर
फागुन ३, २०८० बिहिबार १८:५७, काठमाडौँ

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा मुछिएका डिल्ली बजार मालपोत कार्यालयका केही कर्मचारी र विचौलिया दोषी ठहर भएका छन्। 

विशेष अदालतले ललिता निवासस्थित सरकारी जग्गा हिनामिना गरेर व्यक्तिको नाममा लैजाने काममा भूमिका खेलेका डिल्ली बजार मालपोतका तत्कालीन कर्मचारी कलाधर देउजासहितका कर्मचाीहरूलाई दोषी ठहर गरेको हो।

विशेष अदालतका न्यायाधीशत्रय खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले फैसला सुनाउँदै विचौलियकाको भूमिका खेलेका रामकुमार सुवेदी र शोभाकान्त ढकाललाईसमेत दोषी ठहर गरेको हो। 

यसमा विशेषले बालुवाटारको जग्गा हिनामिना आरोप लागेका सुवर्ण शमशेरका परिवार पनि दोषी ठहर हुने फैसला सुनाएको छ।

यस प्रकरणमा प्रतिवादी बनाइएका धर्मप्रसाद गौतम र हेमाद्री शमशेर राणाले भने सफाइ पाएका छन्। 

प्रतिवादी कलाधर देउजासहितका १२ जनालाई अदालतले ९ करोड बिगो र २ वर्ष कैद हुने ठहर गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .