ad ad

समाज


अख्तियारका पूर्वप्रमुख दीप बस्न्यात र पूर्वमन्त्री छविराज पन्त भ्रष्टाचारी ठहर

अख्तियारका पूर्वप्रमुख दीप बस्न्यात र पूर्वमन्त्री छविराज पन्त भ्रष्टाचारी ठहर

नेपालखबर
फागुन ३, २०८० बिहिबार १९:३, काठमाडौँ

अख्तियारका पूर्वप्रमुख दीप बस्न्यात र पूर्वमन्त्री छविराज पन्त भ्रष्टाचारी ठहर भएका छन्। उनी भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिव छँदा बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा गराउन भूमिका खेलेको अभियोगमा दोषी ठहर भएका हुन्।  

पन्त भूमिसुधार मन्त्रालयका तत्कालीन सचिव हुन्। पछि अन्तरिम चुनावी मन्त्रिपरिषद्मा उनी मन्त्री भएका हुन्।

उनीहरूलाई २ वर्ष कैद, बिगो असुल तथा जरिवाना हुने फैसला भएको छ। 

मानवीय गल्ती भएको भनी मन्त्रिपरिषद्को निर्णयसमेत संशोधन गर्न लगाएका थिए।

उनले सर्वोच्चको फैसलाको अपव्याख्या गरिएको र मन्त्रिपरिषद्को निर्णयलाई  रक्षाकवच बनाएको विशेष अदालतको ठहर छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .