ad ad

समाज


अडान त्यागेर अपरेसनलाई निरन्तरता दिएका डा. रामेश कोइराला भन्छन् : अहं र कर्तव्यमा दोस्रो रोजियो

अडान त्यागेर अपरेसनलाई निरन्तरता दिएका डा. रामेश कोइराला भन्छन् : अहं र कर्तव्यमा दोस्रो रोजियो

फाइल फाेटाे : सांसद सुमना श्रेष्ठ र डा. रामेश कोइराला


नेपालखबर
माघ २३, २०८० मंगलबार २२:२८, काठमाडौँ

सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका शल्य चिकित्सक डा. रामेश कोइरालाले अहं त्यागेर आफ्नोे काम (अपरेसन) लाई निरन्तरता दिएको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले आफूविरुद्ध मेडिकल काउन्सिलमा उजुरी दिएपछि उक्त मुद्दा छिनोफानो नभएसम्मका लागि यही माघ १४ गतेदेखि अपरेसन नगर्ने घोषणा गरेका डा. कोइराला आफ्नो अडान छाडेर बिरामीको नियमित सेवामा लागेका हुन्। 

उनी आफ्नो अडानबाट किन पछि हटे त? 

डा. कोइराला भन्छन्, ‘हितैषिको बेबुनियाद वार्षिक बकवासलाई मलमपट्टी गर्दै देशको कानुन र सो समयका एकिन कुरो थाहा नपाई गरिएको ग्लोरिफाईको विरोध थियो। काउन्सिलले सांसदलाई जवाफ दिएको हेर्न एवं मलाई नै सोधेमा ‘गज्जब’को स्पष्टीकरण दिएर यतै राख्न पर्खन चाहेँ, तर बहुधा अनुरोधले अहं र कर्तव्यमा दोस्रो रोजियो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .