ad ad

समाज


गंगालालका डाक्टर कोइरालाले ‘शल्यक्रिया गर्दिनँ’ भनेपछि...

गंगालालका डाक्टर कोइरालाले ‘शल्यक्रिया गर्दिनँ’ भनेपछि...

नेपालखबर
माघ ११, २०८० बिहिबार १०:५२, काठमाडौँ

सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका शल्यचिकित्सक डा. रामेश कोइरालाले आफूमाथिको मुद्दा किनारा नलागेसम्म शल्यक्रिया नगर्ने अडान सामाजिक सञ्जालबाट सार्वजनिक गरेका छन्।

उनले आफूमाथि प्रश्न उठाएर नेपाल मेडिकल काउन्सिलमा उजुरी दिएका कारण उक्त मुद्दा किनारा नलागेसम्म नैतिकरूपले शल्यक्रियामा सहभागी हुन नमिल्ने जनाएका छन्।

उनले लेखेका छन्, ‘मेरा बारेमा रास्वपाकी आदरणीय सांसद सुमना श्रेष्ठले मेडिकल काउन्सिलमा स्पष्टिकरण सोध्नुभएकाले सो मुद्दा किनारा नलागेसम्म नैतिकरूपले यहाँहरूको अपरेसन गर्न नमिल्ने हुनाले आइतबारदेखि अपरेसन गर्दिनँ। अरूसँगै गराउनु ल।’

उनले यसो लेखेपछि धेरै सामाजिक प्रयोगकर्ताहरूले चासो व्यक्त गरेका छन्। कतिपयले मेडिकल काउन्सिलको आधिकारिक पत्र नआएसम्म शल्यक्रियाबाट अलग हुन उचित नहुने राय दिएका छन् भने कतिपयले सांसद सुमना श्रेष्ठले माफी माग्नुपर्ने भनेका छन्। 

डा. कोइरालाले आफूविरुद्ध उजुरी मात्रै दिएको र काउन्सिलले स्पष्टीकरणका लागि पत्र दिएको भए सहज मान्न सकिने तर आफ्नो बेइज्जत गर्ने उद्देश्यले सामाजिक सञ्जालमै उजुरी सार्वजनिक गरिएकाले सांसद श्रेष्ठबाट माफी वा काउन्सिलको पत्र नआएसम्म काम नगर्ने भनेका छन्।

केहीअघि डा. कोइरालाले अर्का एक चिकित्सकको लेखमाथि टिप्पणी गर्दै आफू विभागीय प्रमुख भए पनि शल्यक्रियाका क्रममा भएको ४ जनाको मृत्युलाई सहजरूपमा लिएको बताएका थिए।

उनको त्यो अभिव्यक्तिमा रहेर शल्यक्रियाका क्रममा भएका मृत्युबारे छानबिन गर्न सांसद श्रेष्ठले मेडिकल काउसिन्सलमा उजुरी दिएको कुरा उनले सञ्जालमै राखेकी थिइन्।

मेडिकल काउन्सिल चिकित्सकहरूको पेसागत आचार संहिता नियमन गर्ने संस्था हो।

डा. कोइराला सामाजिक सञ्जालमा विवादास्पद अभिव्यक्तिका कारण बेलाबेला चर्चामा आइरहने गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .