ad ad

समाज


डा. रामेश कोइरालाले गंगालाल अस्पताल छाड्न लागेका हुन्?

डा. रामेश कोइरालाले गंगालाल अस्पताल छाड्न लागेका हुन्?

नेपालखबर
पुस ७, २०८० शनिबार ८:२५, काठमाडौँ

सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका शल्यचिकित्सक डा.रामेश कोइरालाले राजीनामा दिने संकेत गरेका छन्। 

राति साढे ९ बजेतिर उनले सामाजिक सञ्जालमा अस्पतालमा राजनीतिक हस्तक्षेपप्रति असन्तोष प्रकट गर्दै राजीनामा दिन लागेका जनाउ दिएका छन्। 

उनले लेखेका छन्,‘देशमा स्वास्थ्य र शिक्षा सरकारको दायित्व हो भन्न म मन नपरीकन पनि कसोकसो सरकारीबाट राजीनामातिर पुग्दैछु। मेरो भान्साबारे चिन्तै गरेर दण्डवत्‌को हैसियतमा त छुइनँ नै। सरी गंगालाल र धन्यवाद भाउजू! जय नेपाल!’ 

उनको यस सन्देशलाई लिएर धेरैले चिन्ता र सहानुभूति दर्शाएका छन्। त्यसमा उनले जवाफ फर्काउँदै भनेका छन्, ‘सिधै महामन्त्रीद्वयलाई भनियो, यो ताण्डवको विपक्षमा हैनौ भने तिमीहरूको हैसियत के? म त घर जसरी पनि चलाउँछु,तर तिमेरले देश चलाउन्नौ!’

उनले कुनै दल वा पात्रको नाम नलिइकन गंगालाल अस्पतालमा राजनीतिक चलखेल भएको संकेत गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .