ad ad

समाज


इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति कुवेतबाट पक्राउ

इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति कुवेतबाट पक्राउ

नेपालखबर
पुस ३, २०८० मंगलबार १६:४७, काठमाडौँ

इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका काभ्रेका एक व्यक्ति पक्राउ परेका छन्। चौरीदेउराली गाउँपालिका–८ का ३१ वर्षीय उमेश लामालाई प्रहरीले एनसीबी कुवेतको समन्वयमा पक्राउ गरेको हो। 

उनलाई प्रहरीले जबरजस्ती करणी मुद्दामा पक्राउ गरेको जनाएको छ। उनलाई सो मुद्दामा कारबाही गर्ने गराउने प्रयोजनार्थ मंगलबार नेपाल फिर्ता गरिएको प्रहरीले बताएको छ। 

लामाविरुद्ध प्रहरी वृत्त जगाती भक्तपुरमा जबरजस्ती करणी मुद्दामा मुद्दा दर्ता भएपछि अनुसन्धानको क्रममा उनी वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा रहेको खुल्न आएको थियो।

अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि नेशनल सेन्ट्रल ब्यूरो (एनसिबी) काठमाडौँको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८० असोज ११ गते उनीविरुद्ध रेड नोटिस जारी भएको थियो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .