ad ad

समाज


बसको टायर फुस्किएर लाग्दा एक पैदलयात्रुको मृत्यु

बसको टायर फुस्किएर लाग्दा एक पैदलयात्रुको मृत्यु

नेपालखबर
पुस ३, २०८० मंगलबार १६:३९, काठमाडौँ

मोरङमा गुडिरहेको बसेको टाय खुस्किएर चोट लाग्दा एकजना पैदलयात्रीको मृत्यु भएको छ। कानेपोखरी गाउँपालिका–६ का ३० वर्षीय वीरेन्द्र पौडेलको मंगलबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ। 

सोही गाउँपालिका–७ स्थित सडकमा प्रदेश १–०१–००१ ख ३९२२ नम्बरको बसको टायर अचानक खुस्किएर लाग्दा लाग्दा पौडेल गम्भीर घाइते भएका थिए। 

उनको विराट नर्सिङ होम, बिराटनगरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .