ad ad

समाज


कलाकार ढकाल मृत भेटिएको प्रकरणमा बस चालकसहित चारजना पक्राउ

कर्तव्य ज्यान मुद्दा चलाइँदै
कलाकार ढकाल मृत भेटिएको प्रकरणमा बस चालकसहित चारजना पक्राउ

नेपालखबर
मंसिर २१, २०८० बिहिबार १५:६, काठमाडौँ

गत मंसिर ३ गते धादिङको कृष्णभीरमा मृत फेला परेका कलाकार प्रकाश ढकाल प्रकरणमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी गौतम मिश्रका अनुसार ढकाललाई बेनिघाट-रोराङ गाउँपालिका वडा नम्बर ७ स्थित कृष्णभीरको सडकमा रातिको समयमा अलपत्र छाडेर हिँड्ने बस चालकसहित चारजनालाई पक्राउ गरिएको हो।

मिश्रका अनुसार पक्राउ परेका चारैजनाविरुद्ध कर्तव्य ज्यान मुद्दा अघि बढाइएको छ। 

रातको समयमा काठमाडौं आइरहेको बसका साहु, चालक र सहचालकसँग विवाद भएपछि ढकाललाई कृष्णभीर नजिकैको सडकमा छाडेर उनीहरू हिँडेका थिए। 

एसपी मिश्रका अनुसार उनीहरूले रातको समयमा अलपत्र छाडेर हिँडेकै कारण ढकालको ज्यान गएको थियो। तर उनको ज्यान जानुको कारणबारे पक्राउ परेकाहरूसँग बयान र अनुसन्धान भइरहेको उनले बताए। 

ढकालको शव त्रिशूलीमा र्‍याफ्टिङ गर्नेहरूले खोँचमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। उक्त शव निकालेर पोस्टमार्टम गरिएको  थियो।

स्याङ्जाको चापाकोट नगरपालिका ७ घर भएका ढकाल गृहजिल्लाबाट मंसिर २ गते शुक्रबार काठमाडौँतर्फ लागेका थिए।

काठमाडौँमा बस्ने गरेका उनी काठमाडौं आइनपुग्दै बेपत्ता भएपछि खोजीका लागि आफन्तले प्रहरीमा निवेदन दिएका थिए। 

त्यसबेला उनको शरीरमा चोट देखिएको थियो। मोबाइल पनि उनको साथमै फेला परेको थियो। शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज ल्याइँदै छ। 

लोकदोहोरी प्रतिष्ठान शाखा यूएईको पूर्व सहसचिवसमेत रहेका ढकालले डेढ दर्जनभन्दा बढी म्युजिक भिडिओमा अभिनय गरेका थिए।

पछिल्लो सयम ढकाल लालीगुराँस अनलाइनमा रंग पत्रकारका रूपमा कार्यरत थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .