ad ad

समाज


काठमाडौँमा आज बढ्यो चिसो, एकदिनमै तापक्रम ५ डिग्री घट्यो

काठमाडौँमा आज बढ्यो चिसो, एकदिनमै तापक्रम ५ डिग्री घट्यो

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
मंसिर २१, २०८० बिहिबार १४:५९, काठमाडौँ

काठमाडौँ उपत्यकामा आज (बिहीबार) चिसो बढेको महसुस भएको छ। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले हिजोअस्तिको तुलनामा उपत्यकामा आज दिउँसो चिसो बढेको बताए। 

उनका अनुसार आज दिउँसो २ बजेर ४६ मिनेट जाँदा काठमाडौँ उपत्यकाको तापक्रम १५ डिग्री छ। यो हिजोभन्दा ५ डिग्री कम हो। 

‘हिजो यही समय २० डिग्री थियो भने अस्ति २२ डिग्री’, उनले भने, ‘आज चिसो बढेकै हो।’

उनका अनुसार यतिबेला काठमाडौँ उपत्यकामा हुस्सु लागेको छ। 

उनले भने, ‘भारतको छत्तिसगढमा अवस्थित निम्न चापीय क्षेत्रको आंशिक प्रभावले यस्तो भएको हो। यसको प्रभाव पूर्वतिर अझ बढी छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .