नवलपरासी पूर्वको कावासोतीमा गाडीको ठक्करबाट एक युवकको मृत्यु भएको छ।
कावासोती नगरपालिका–८ खरकट्टा जङ्गलस्थित पूर्व–पश्चिम राजमार्गमा अज्ञात सवारीसाधनको ठक्करबाट घाइते भएका युवकको उपचारको क्रममा मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वकाअनुसार गए राति नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिँदा हुप्सेकोट गाउँपालिका–५ निवासी वर्ष २३ का तिलबहादुर राना मगर गम्भीर घाइते भएका थिए।
उनलाई गएराति गाडीले ठक्कर दिए पनि ठक्कर दिने सवारी साधनको नम्बर खुलेको छैन।
दुर्घटनापछि गम्भीर घाइते अवस्थामा रहेका उनलाई ट्राफिक प्रहरीको टोलीले उद्धार गरी तत्काल मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डामा पुर्याएको थियो।
टाउको र निधारमा गम्भीर चोट लागेका राना मगरलाई डण्डामा सामान्य उपचार गरी थप उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज रिफर गरिएको थियो।
उपचारकै क्रममा बिहीबार बिहान चिकित्सकले उनलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए।
दुर्घटनामा संलग्न अज्ञात सवारीसाधनको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया