ad ad

कारोबार


निगमलाई दिइएको ‘ग्राउन्ड ह्यान्डलिङ’ तुरुन्त खोस्न प्राधिकरणका कर्मचारीको माग

निगमलाई दिइएको ‘ग्राउन्ड ह्यान्डलिङ’ तुरुन्त खोस्न प्राधिकरणका कर्मचारीको माग

नेपालखबर
मंसिर २१, २०८० बिहिबार १५:६, काठमाडौँ

नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारी युनियनले नेपाल वायुसेवा निगमलाई बिना प्रतिस्पर्धा प्रदान गरिएको कमर्सियल ग्राउन्ड ह्यान्डलिङ सेवालाई तुरुन्त खोस्न माग गरेका छन्।

ट्रेड युनियनले निगमबाट खोसेर नेपालमा उडान गर्ने सम्पूर्ण अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले पाउनुपर्ने ग्राउन्ड ह्यान्डलिङ सेवालाई बिना अवरोध निन्तर सञ्चालन गर्ने व्यवस्था गर्न माग गरेका हुन्।

विज्ञप्तमिा प्राधिकरण आफैंले सेवा सञ्चालन गर्नेगरी यथासिघ्र व्यवस्था गर्न प्राधिकरण समक्ष माग गरेका छन्।

उनीहरुले अन्तर्राष्ट्रिय जगतमा नेपालको बदनाम नगराउन चेतावनीसमेत दिएका छन्। प्राधिकरणले त्रिभुवन विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ प्रतिस्पर्धामा दिने विषयमा भ्रम फैलाइएको बताएका छन्।

ट्रेड युनियनले संयुक्त विज्ञप्ति जारी गर्दै ग्राउन्ड ह्यान्डलिङ प्रतिस्पर्धाबाट निजी क्षेत्रलाई दिन सकिने बताएका छन्। प्राधिकरण ऐन २०५३ को दफा ५ ठ मा रहेको कानुनी व्यवस्था बमोजिम विमानस्थलमा भूमिस्थ प्रवन्ध सेवा गराउने अधिकार प्राधिकरणमा रहेको बताएका छन्।

प्राधिकरणले नै विमानस्थल सेवा शुल्क नियमावली २०७८ को नियम ५ को उपनियम २ मा प्राधिकरणले भूमिस्थ प्रबन्ध सेवा सञ्चालन गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबीच खुल्ला प्रतिस्पर्धा गराई दिन सक्ने व्यवस्था रहेको युनियनले बताएका छन्।  

‘वायुसेवा निगम व्यवस्थापन तथा निगमका क्रियाशील विभिन्न कर्मचारी ट्रेड युनियनहरुले त्रिभुवन अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुलाई प्रदान गर्ने कमर्सियल ग्राउन्ड ह्यान्डलिङ आफ्नै पुर्खाको बपौती र जन्मसिद्ध अधिकार हो भने गरिएको प्रचार खेदजनक रहेको छ,’ विज्ञप्तिमा उल्लेख छ।

त्रिभुवन विमानस्थलमा रहेको कमर्सियल ग्राउन्ड ह्यान्डलिङ सेवाबारे पटक, पटक बखेडा खडागरी भावनात्क वातावरण सिर्जना गराउने आरोप लगाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .