ad ad

कला


कृष्णभीरमा मृत भेटिए कलाकार प्रकाश ढकाल

कृष्णभीरमा मृत भेटिए कलाकार प्रकाश ढकाल

नेपालखबर
मंसिर ४, २०८० सोमबार १५:७, काठमाडौँ

कलाकार प्रकाश ढकाल कृष्णभीरमा मृत फेला परेका छन्।

धादिङको बेनिघाट-रोराङ गाउँपालिका वडा नम्बर ७ स्थित कृष्णभीरमा आइतबार साँझ ढकालको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। 

त्रिशूलीमा र्‍याफ्टिङ गर्नेहरूले खोँचमा शव देखेपछि प्रहरीलाई खबर गरेको र सोमबार शव निकालिएको धादिङका एसपी गौतम मिश्रले बताए। 

स्याङ्जाको चापाकोट नगरपालिका ७ घर भएका ढकाल स्याङ्जाबाट गत शुक्रबार काठमाडौँतर्फ लागेका थिए।

हाल काठमाडौँमा बस्ने गरेका उनी काठमाडौँ आइनपुग्दै बेपत्ता भएपछि खोजीका लागि आफन्तले प्रहरीमा निवेदनसमेत दिएका थिए। 

उनको शरीरमा चोट देखिएको छ। मोबाइल पनि उनको साथमै फेला परेको र थप अनुसन्धान भइहेको प्रहरीले जनाएको छ। 

शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज ल्याइँदै छ। 

लोकदोहोरी प्रतिष्ठान शाखा यूएईको पूर्व सहसचिवसमेत रहेका ढकालले डेढ दर्जनभन्दा बढी म्युजिक भिडिओमा अभिनय गरेका छन्।

पछिल्लो सयम ढकाल लालीगुराँस अनलाइनमा रंग पत्रकारका रूपमा कार्यरत थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .