जुम्लामा बुधबार साँझ परेको चट्याङले लागेर एक युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा हिमा गाउँपालिका–२ का १९ वर्षीय रवीन्द्र रावत छन्। उनको घटनास्थलमै मृत्यु भएको भएको प्रहरीले जनाएको छ।
स्थानीय छोटा खर्क पाटनमा बुधबार साँझ एनसेल टावर नजिक परेको चट्याङमा परेर उनको मृत्यु भएको हाे।
उनी भेडा गोठालो गएका बेला चट्याङमा परेका जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब निरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए।
चट्याङ लागेर सोही वडाका २० वर्षीय बलबहादुर रोकाया र ३५ वर्षीय जगत रोकाया घाइते भएका छन्। घाइतेक दुवैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
चट्याङमा परेर केही भेडाबाख्रा मरेको भए पनि सङ्ख्या भने यकिन भएको छैन। त्यसबारे अनुसन्धान तथा विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ।
त्यस्तै चन्दननाथ नगरपालिका–१० बोहरागाउँस्थित सिद्धि गणेश सामुदायिक वनमा पनि हिजै परेको चट्याङमा परी १२ वटा खसी र बाख्रा मरेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
Shares

प्रतिक्रिया