ad ad

समाज


भारती भन्छिन्– न्याय माग्दा डर, त्रास र धम्की आए

भारती भन्छिन्– न्याय माग्दा डर, त्रास र धम्की आए

नेपालखबर
कात्तिक १७, २०८० शुक्रबार १६:१५, काठमाडौँ

संविधान दिवसको अवसरमा आममाफी पाएका योगराज ढकाल 'रिगल'को आममाफी सर्वोच्च अदालतले बदर गरिदिएसँगै मृतक चेतन मानन्धरकी पत्नी भारती मानन्धर (शेर्पा)ले सर्वोच्च अदालतको फैसलाले आफूलाई थप साहस दिएको बताएकी छिन्।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले आफूलाई धेरै बाधा, डर त्रास, धम्की र पैसाका बार्गेनिङहरु आएपनि अन्ततः न्याय पाएको बताइन्। उनले आफ्नो टिमले कुनैपनि लोभ लालचमा नलागी आफ्नो सहयोग गरेकाले न्याय मिलेको बताइन्। उनले अन्यायमा परेका महिलालाई आफ्नो यस कामबाट प्रेरणा मिल्ने आशा गरेको बताइन्।

‘बीचमा धेरै बाधाहरू आए, धेरै डर त्रास, धम्की र पैसाका बार्गेनिङ आए। तर मेरो टिमले मेरो साथ छोडेन। होइन भने मेरो कुनै भिडिओ बनाएर दिए पैसाको बिटो दिन्छौँ भनेका थिए। अन्यायमा परेको महिलालाई बाटो दे, अरु महिलाले पनि साथ पाए न्याय पाउँछन् भनेर कुनै स्वार्थमा नलागि लाग्नुभयो,’ उनले भनिन्, ‘पीडा नपरेको मान्छेलाई हो मा हो भन्ने तर साथ नदिने रहेछन्। म पछि हटे म जस्ता पीडित महिला धेरै छन्, म पछि हट्नु हुँदैन भनेर अघि बढेँ।’

नेपालगन्जका चेतन मानन्धरको हत्या अभियोगमा कैद भुक्तान गरिरहेको रिगललाई सरकारले गत संविधान दिवसको अवसरमा आममाफी दिएको थियो। रिगलको आममाफीबिरुद्ध चेतनकी पत्नी भारतीले सर्वोच्चमा रिट निवेदन दिएकी थिइन्। 

सो रिटमाथि सुनुवाइ सकिएसँगै शुक्रबार राष्ट्रपतिको सो निर्णय बदर गरी रिगललाई पुनः जेल फर्काउन सर्वोच्चले आदेश दिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .