गायिका शान्ता जिसीको स्वरमा ‘यस्तो भा छ मलाई त’ बोलको नयाँ गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ। युगल गीतमा शान्तालाई गायक प्रताप दाशले साथ दिएका छन्।
गीतकार लोकराज अधिकारीको शब्द रचना रहेको गीतको सङ्गीत र सङ्गीत संयोजन प्रसिद्ध सङ्गीतकार अर्जुन पोख्रेलले गरेका हुन्।
ए प्लस रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतलाई नरेश बिबिसीले मिक्सिङ मास्टरिङ गरेका हुन्।
गायिका जिसीकै अफिसियल च्यानलबाट सार्वजनिक गरिएको गीतको म्युजिक भिडिओमा कुशल कोरियोग्राफर समेत रहेका निर्देशक काजिश श्रेष्ठ मोडलहरू लोमश शर्मा, करिश्मा ढकाल र सामरिका ढकालको अभिनय रहेको छ।
कथानक डान्सिङ नम्बर रहेको गीतलाई क्यामेरा म्यान अजय रेग्मीले खिचेका हुन भने दीपक बिस्टले सम्पादन गरेका हुन्।
गायिका जिसीले अलिक रमाइलो र फरक खालको गीत बनेकोले दर्शक श्रोताले मन पराउनेमा आफू आशावादी रहेको बताएकी छन्। निर्देशक श्रेष्ठले पनि गीतलाई न्याय गर्न आफूले मेहनत गरेकोले राम्रो सृजना बनेको बताएका छन्।
Shares
प्रतिक्रिया