समाज


कोरोना भाइरस चीनको सबै प्रान्तमा फैलियो, मृतकको संख्या १७० पुग्दा संक्रमित ८ हजार

कोरोना भाइरस चीनको सबै प्रान्तमा फैलियो, मृतकको संख्या १७० पुग्दा संक्रमित ८ हजार

नेपालखबर
माघ १६, २०७६ बिहिबार ६:१५,

चीनमा मात्र यस भाइरसको संक्रमणबाट १ सय ७० जनाको मृत्यु भएको छ। त्यहाँ ७ हजार ७११ जना कोरोनाबाट बिरामी परेका छन्।

कोरोनाको संक्रमण अन्य १६ देशहरुमा पनि देखिएको छ।

यसबीचमा यो खतराक नयाँ भाइरसको संक्रमण नियन्त्रण गर्न सिंगो विश्व एक भएर अगाडि बढ्नुपर्ने डब्लूएचओले सुझाव दिएको छ।

विश्व स्वास्थ्य संगठनका स्वास्थ्य आपतकाल कार्यक्रमका प्रमुखले चीनको उहानबाट फैलिएको कोरोना भाइरसको संक्रमणविरुद्ध विश्व नै सजग रहनुपर्ने बताएका हुन्।

यो भाइरसले विश्वव्यापी आपतकालीन अवस्था निम्त्याएको हो कि होइन भनी निर्णय गर्न डब्लुएचओले बिहीबार बैठक राख्दै छ।

डब्लूएचओका डाक्टर माइक र्‍यानले यो भाइरसको संक्रमण गम्भीर चरणमा पुगेको बताएका छन्।

यो पनि।

कोरोना भाइरसका लक्षण के हुन्, यसबाट बच्न के गर्नुपर्छ?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad