बैंक अफ काठमाण्डूले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व नीतिअन्तर्गत बालकोट, भक्तपुरको सञ्जय साई विद्या मन्दिरलाई पाँच लाख रुपैयाँ सहयोग गरेको छ।
बैंकले विद्यालय हाताभित्र पुस्तकालय निर्माण गर्न सहयोगस्वरुप उक्त रकम उपलब्ध गराएको हो। उक्त सहयोग रकम यस बैंकका अध्यक्ष प्रकाश श्रेष्ठले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद थापालाई हस्तान्तरण गरेका हुन्।
वैशाख १, २०६८ सालदेखि सञ्चालनमा रहेको उक्त विद्यालयले हालसम्म आफ्ना सबै विद्यार्थीहरुलाई निःशुल्क शिक्षा प्रदान गर्दै आइरहेको छ।
बैंकले हाल ८७ शाखा कार्यालयहरु, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरमार्फत आफ्ना ग्राहकलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया