समाज


चितवनमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवनमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

नेपालखबर
माघ १६, २०७६ बिहिबार ५:३२,

पूर्व पश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–४ लक्ष्मीनारायण चोकमा यात्रुबाहक बसले पैदलयात्रीलाई ठक्कर दिँदा एकको मृत्यु भएको छ।

अन्दाजी ४० वर्षीय पुरुषको बसको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पोखराबाट वीरगञ्जतर्फ गइरहेको ना ५ ख ३२६ नम्बरको बसले बुधबार पैदलयात्रीलाई ठक्कर दिएको थियो।

घाइतेको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको , मृतकको नाम, थर र ठेगाना खुल्न नसकेको र बस र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad