काठमाडौंमा बुधबार सुरु सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय समितिको दोस्रो बैठकअन्तर्गत बिहीबारदेखि समूहगत छलफल हुँदै छ।
नेकपा नेताहरूका अनुसार राष्ट्रिय सभागृहमा ८ वटा समूह, पार्टी कार्यालय धुम्बाराहीमा चार र पेरिसडाडाँस्थित केन्द्रीय कार्यालयमा तीन वटा समूह समूहगत छलफलमा जुटेका छन्।

यी समूहले पहिले आफ्ना टोली नेता छान्नेछन् र त्यसपछि बैठकको एजेन्डामा प्रवेश गर्नेछन्।
समूहगत छलफलपछि टोली प्रमुखले बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनबारे केन्द्रीय समितिको पूर्ण बैठकमा प्रस्तुत गर्ने छन्।
याे पनि :

प्रतिक्रिया