चीनको विशेष प्रशासकीय क्षेत्र हङकङका अनुसन्धानकर्ताले हाल विश्वमा सन्त्रास फैलाइरहेको कोरोना भाइरसविरुद्धको खोप आविष्कार गरेको दाबी गरेका छन्।
तर उनीहरूले यसको सफल परीक्षण गर्न केही समय लाग्ने बताएका छन्।
सरुवा रोग विशेषज्ञ प्राध्यापक युन कोक युङले आफ्नो अनुसन्धान टोलीले खोप विकास गरेको बुधबार बताएका हुन्। एजेन्सी उधृत गर्दै यो खबर आजको नेपाल समाचारपत्रले छापेको छ।
हङकङ विश्वविद्यालयका प्राध्यापक युनले खोप तयार भइसके तापनि जनावरमा यसको परीक्षण गर्न लामो समय लाग्ने बताएका छन्।

प्रतिक्रिया