टेलिभिजनमा अत्यन्त आक्रमक शैलीमा उत्रिने प्रस्तोता अर्नव गोस्वामीलाई हवाई यात्राको क्रममा र्याखर्याखती पारेपछि भारतीय स्ट्यान्ड–अप कमेडिएन कुनाल कामरालाई चार वटा एयरलाइन्सले प्रतिबन्ध लगाएका छन्।
इन्डिगो, स्पाइस जेट र गो एयरले कामरालाई ६ महिनाका लागि प्रतिबन्ध लगाएका हुन् भने एयर इन्डियाले अर्को सूचनासम्मका लागि उनलाई आफ्नो विमानमा नउडाउने जनाएको छ।
— Kunal Kamra (@kunalkamra88) January 28, 2020I did this for my hero...
I did it for Rohit pic.twitter.com/aMSdiTanHo
भारतीय उड्डयन मन्त्ती हरदीप सिंह पुरीले अन्य एयरलाइन्सहरुलाई पनि त्यस्तै प्रतिबन्ध लगाउन सुझाव दिएका छन्।
यद्यपि विस्तारा एयरलाइन्सले भने उनलाई प्रतिबन्ध नलगाउने बताएको छ। एजेन्सी

प्रतिक्रिया