भारतको कलकत्तामा उपचाररत एक २८ वर्षीया थाइल्यान्डी महिलाको मृत्यु भएको टाइम्स अफ इन्डियाले जनाएको छ।
सोमबार बेलियाघाटस्थित आइडी अस्पतालमा ती महिला र एक चिनियाँ महिलालाई कोरोनाको संक्रमणपछि उपचारको लागि भर्ना गरिएको थियो।
मंगलबार थाइल्यान्डकी महिलाको मृत्यु भएको जनाइएको छ।
चीनमा गत डिसेम्बरदेखि देखा परेको कोरोना भाइरसले हालसम्म सयभन्दा बढी व्यक्तिको ज्यान लिइसकेको छ। चीनबाहिर कोरोनाको संक्रमणबाट मृत्यु भएको यो पहिलो घटना हो।
चीन सरकारले मंगलबार दिएको जानकारीअनुसार त्यहाँ कोरोनाको संक्रमण चार हजार जनामा देखिएको छ भने एक सय ६ जनाको मृत्यु भइसकेको छ।
हालसम्म कोरोना भाइरसको संक्रमण चीनसहित १८ देशमा फैलिएको छ। चीनको हुबेई प्रान्तको वुहान शहरबाट सुरु भएको कोरोनाको संक्रमण झन्डै पाँचहजार जनामा देखिएको छ।
यो पनिl
प्रतिक्रिया