ad ad

राजनीति


एमसीसी सम्झौता छिट्टै अनुमोदन गर्नुपर्छः प्रधानमन्त्री

एमसीसी सम्झौता छिट्टै अनुमोदन गर्नुपर्छः प्रधानमन्त्री

नेपालखबर
माघ १४, २०७६ मंगलबार ८:११,

प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकासँग भएको मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता छिट्टै अनुमोदन गर्ने बताएका छन्।

नवनिर्वाचित सभामुखलाई बधाई दिनका लागि मंगलबार प्रतिनिधिसभामा सम्बोधन गरेका प्रधानमन्त्री ओलीले संसदमा थाती रहेको एमसीसी छिटो पारित गर्न नवनियुक्त सभामुख अग्निप्रसाद सापकोटासँग आग्रह गरेका हुन्।

‘हामीले धेरै अगाडिदेखि विभिन्न चरणहरुबाट पार गर्दै, ६–७ जना प्रधानमन्त्रीहरुकाे कार्यकाल गुजार्दै अगाडि बढेको र अहिले संसदसमक्ष अनुमाेदनका लागि प्रतिक्षा गरिरहेकाे एमसीसी प्रस्ताव छिटै पारित गर्नुछ,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यसबारे म पछि पनि सविस्तार धारणा राख्नेछु।’

उनले एमसीसीलगायत अन्य विभिन्न विधेयकहरु पनि तीव्रताका साथ पारित गर्नुपर्नेमा जोड दिए।

‘अलिकति विलम्ब भइसकेका छौं। सभामुख चयनमा विलम्ब भइसक्यौं’ उनले भने, ‘अब सरकार र संसद दुवैले कामहरुलाई तीव्र गतिमा अगाडि बढाउनुपर्छ, नत्र हामी पछाडि पर्छौं।’ 

लाइभ हेर्नुहाेस्: 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .