समाज


अवतरणको क्रममा विमान धावन मार्गबाट चिप्लिएर सडकमा पुगेपछि..

अवतरणको क्रममा विमान धावन मार्गबाट चिप्लिएर सडकमा पुगेपछि..

नेपालखबर
माघ १३, २०७६ सोमबार ८:२७,

विमानमा कुनै क्षति नभएपछि इरानको क्यास्पियन एयरलाइन्सको विमान ठूलो दुर्घटनाबाट जोगिएको बताइएको छ।

उक्त विमानमा १ सय ३५ यात्रु सवार थिए। दुर्घटनामा कुनै व्यक्ति घाइते नभएको सीएनएनले जनाएको छ।

सार्वजनिक भएको भिडियो तथा फोटोमा ठूलो विमान सडकको बीचमा रोकिएको देखिएको छ।

All 135 people on board the plane were safely evacuated.

इरानको उड्ययन प्राधिकरणका प्रवक्ता रेजा जाफजादेहका अनुसार सोमबार बिहानै मासाहर विमानस्थलमा अवतरणका क्रममा विमान धावनमार्गबाट चिप्लिएर सडकमा पुगेको हो।

यसै महिनाको जनवरी ८ मा इरानमा युक्रेनको एक विमान दुर्घटनामा परेको थियो। इरानी सेनाको मिसाइल आक्रमणपछि विमान दुर्घटनामा पर्दा १७६ जनाको मृत्यु भएको थियो।

भिडियो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad