खेल


ए डिभिजन लिगमा एपीएफविरुद्ध प्रहरी १–० ले विजयी

ए डिभिजन लिगमा एपीएफविरुद्ध प्रहरी १–० ले विजयी

नेपालखबर
माघ १३, २०७६ सोमबार ८:३३,

कतार एयरवेज सहिदस्मारक ए डिभिजिन लिगको नवौँ चरणको पहिलो खेलमा नेपाल प्रहरीले एपीएफलाई पराजित गरेको छ।

१२औँ मिनेटमा प्रहरीका निरकुमार राईको कर्नरमा एपीएफका राजन गुरुंगले प्रहरीका भरत शाहलाई डीबक्समा फल गरेपछि पेनाल्टीमा गोल गर्दै प्रहरीले ३ अंक बटुलेको हो।

प्रहरीका भोला सिलवालले १३औँ मिनेटमा गरेको गोल नै निर्णायक बनेको थियो। खेलमा एपीएफका सुदिप शिखाकरलाई रेफ्रीले रातो कार्ड दिएका थिए। खेल सकिएपछि रेफ्रीलाई अभद्र व्यवहार गरेपछि सुदिपले रातो कार्ड पाएका हुन्।

आजको खेल जितेको भए एपीएफलाई भने रेलिगेसन क्षेत्रबाट माथि उठ्न सहयोग मिल्ने थियो।

 मच्छिन्द्र र थ्री स्टारबीचको खेल हुँदै
नवौ चरणको दोस्रो खेलमा आजै स्टार खेलाडीले भरिएको मच्छिन्द्र र थ्री स्टारबीचको खेल हुँदै छ। दुई बलिया टोलीबीचको नतिजाले लिगको उपाधि समीकरणसमेत प्रभावित बन्नेछ। मच्छिन्द्रले यो खेलमा जित हात पारे शीर्षस्थानमा पुनरागमन गर्नेछ। पराजित भएको अवस्थामा भने उपाधि यात्रामा धक्का लाग्नेछ। बराबरीले पनि उपाधि सम्भावना झिनो बन्ने छ।

अघिल्लो सिजन मनाङमा रहेका प्रायः सबै र थ्री स्टारका केही खेलाडीलाई समेटेर बलियो टोली बनाएको मच्छिन्द्रसँग विराज महर्जन, विशाल राई, विशाल श्रेष्ठ, सुजल श्रेष्ठ, रेजिन सुब्बा, देवेन्द्र तामाङ, रन्जित धिमाल र एडिलाजा सोमिडेजस्ता खेलाडी रहेका छन्।

यता, औसतको टोली बनाएर लिग खेल्दै औसतकै प्रदर्शन गरिरहेको थ्री स्टार मच्छिन्द्रलाई स्तब्ध पार्दै उपाधि यात्रामा अघि बढ्न चाहन्छ।

मच्छिन्द्रलाई पराजित गरे थ्री स्टार दोस्रो स्थानमा उक्लनेछ। मच्छिन्द्रले उपाधि दौडलाई थप मजबुत बनाउने वा थ्री स्टारले शीर्ष टोलीलाई दबाब दिने अर्थमा रोमाञ्चक हुनेछ। भारतीय लालरमाभिया, सञ्जोक राई र निशान खड्काको आगमनसँगै थ्री स्टार केही बलियो देखिएको छ। बिक्रम लामा, अनन्त तामाङ, मिक्छेन तामाङ, रुपेश केसी र प्रिसोको साथ पनि थ्री स्टारलाई हुनेछ।

लिगको आठौँ चरणको खेल सकिँदा मच्छिन्द्र ८ खेलबाट ५ जित, १ हार र २ बराबरीसँगै १६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। थ्री स्टार ४ जित, दुई हार र दुई बराबरीसँगै १४ अंक जोडेर चौथो स्थानमा रहेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad