आइतबार जापानी प्रधानमन्त्री सिन्जो आबेले चीनबाट जापानी नागरिकलाई जतिसक्दो चाँडो जापान फर्काउने बताए।
चीनको हुबेई प्रान्तको वुहान शहरबाट कोरोना भाइरसको संक्रमण सुरुवात भएको हो। हाल यस भाइरसको संक्रमणबाट चीनमा ५६ जनाको मृत्यु हुनाका साथै झन्डै दुई हजार बिरामी परेका छन्।
जापानमा आइतबारसम्म ३ जनामा कोरोना संक्रमण देखिएको छ। वुहान शहरमा ७ सय जापानी नागरिक भ्रमणका लागि गएका छन्।
आइतबार प्रधानमन्त्री आबेले सबै जापानी नागरिकलाई वुहानबाट जापान फर्काइने घोषणा गरेका हुन्।
जापानी नागरिक फर्काउने विषयमा चीनसँग कुरा भइरहेको आबेले बताएका छन्। सीएनएन

प्रतिक्रिया