ad ad

समाज


साथीहरुसँगै नुहाउन गएका १८ वर्षीय युवकको शव कमला नदीमा फेला


नेपालखबर
भदौ १५, २०८० शुक्रबार ९:४२, सिरहा

सिरहाको मिर्चैयाका एक युवकको शव कमला नदी किनारमा फेला परेको छ। 

गएको बुधबार कमलाको उत्तरायणी नुहाउन गएका मिर्चैया नगपालिका ४ जितमाहानका १८ वर्षीय राजेश कापैरको शव सिरहाको बन्दिपुर ब्यारेक देखि दुईसय मिटर उत्तरमा भेटिएको प्रहरीले जनाएको छ।

जनै पूर्णिमाको अघिल्लो दिन उनी साथीहरुसँगै उत्तरायणी नुहाउन गएका थिए। नुहाउने क्रममा उनी नदीमा बगेर बेपत्ता भएका थिए।

उनको शव घटनास्थलभन्दा २ किलोमिटर दक्षिणतर्फ फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रविन्द्र राज पाण्डेले जानकारी दिए।

घटनाको विषयमा प्रहरीले उनका साथीहरुसँग सोधपुछ गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .