ad ad

समाज


बाढीले दोलखामा चार घर बगायो, स्थानीयले भागेर ज्यान जोगाए

बाढीले दोलखामा चार घर बगायो, स्थानीयले भागेर ज्यान जोगाए

फाइल तस्बिर


नेपालखबर
भदौ १०, २०८० आइतबार ११:४५, दोलखा

दोलखामा बाढी-पहिरोले चार घरमा क्षति पुगेको छ। बाढीले बगाउँदा एउटा लैनो भैँसी बेपत्ता भएको छ भने केही चौपाया घाइते भएका छन्। 

अविरल वर्षासँगै गएराति १२ बजे स्थानीय पिर्लेचिउरी खहरेमा आएको बाढीले बिगु गाउँपालिका ४ ओलीटारका राजकुमार ओली, कमलप्रसाद ओली, उद्ववप्रसाद ओली र डम्बरप्रसाद ओलीको घरमा क्षति गरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। 

‘घरमा बाढी पसेपछि स्थानीयले भागेर ज्यान जोगाएका छन्,’ जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक विक्रम लामाले नेपालखबरसँग भने, ‘बाढी पहिरोमा परेर स्थानीय डम्बर प्रसाद ओलीको एउटा लैनो भैँसी बेपत्ता भएको छ भने अर्को एउटा भैँसी र पाडो घाइते अवस्थामा भेटिएका छन्।’

बाढीले लेदोसहितको गेग्र्यान ल्याएर थुपार्दा चारै परिवार विस्थापित भएका छन्। उनीहरु स्थानीय छिमेकीको घरमा शरण लिएर बस्न बाध्य भएका छन्।

बाढीले किसानले भर्खरै रोपेको धानसहितको खेतीबालीमा पनि क्षति पुगेको प्रहरी निरीक्षक लामाले बताए।

बाढी पहिरोले माथिल्लो तामाकोशी लामाबगर सडक बगाउँदा यातायात अवरुद्ध भएको छ। बाढीले सडक बगाउँदा गौरीशंकर र विगु गाउँपालिकाका केही वडामा यातायात सम्पर्क विच्छेद भएको छ।

अवरुद्ध सडक मर्मत गर्ने काम सुरु भइसकेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .