ad ad

समाज


सुतेकै ठाउँमा गोमन सर्पले टोक्दा वृद्धाको मृत्यु

सुतेकै ठाउँमा गोमन सर्पले टोक्दा वृद्धाको मृत्यु

नेपालखबर
भदौ १, २०८० शुक्रबार ७:२१, सर्लाही

सर्लाहीको लालबन्दीमा विषालु सर्पको टोकाइबाट एक वृद्धाको मृत्यु भएको छ। 

लालबन्दी नगरपालिका वडा नम्बर- १० की ७४ वर्षीया इन्द्रमाया श्रेष्ठको गोमन सर्पको टोकाइबाट मृत्यु भएको हो। 

बिहीबार राति आफ्नै घरमा सुतेको बेला उनलाई गोमन सर्पले डसेको आफन्तले बताएका छन्। 

सर्पले टोकेपछि उपचारको लागि आफन्तले उनलाई लालबन्दी- १ नवलपुरमा रहेको सर्पदंश उपचार केन्द्रमा पुर्याएका थिए। 

तर, उपचारमा ढिलोगरी ल्याउँदा वृद्धालाई बचाउन नसकिएको उपचार केन्द्रका चिकित्सकले बताएका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .