समाज


ह्यारी भन्छन्ः शाही उपाधि त्याग्नुको विकल्प थिएन

ह्यारी भन्छन्ः शाही उपाधि त्याग्नुको विकल्प थिएन

नेपालखबर
माघ ६, २०७६ सोमबार १३:१,

आफ्नो निर्णयप्रति ठूलो दुख व्यक्त गर्दै ह्यारीले ‘शाही उपाधि त्याग्नुको विकल्प नभएको’ कारण आफूले शाही उपाधि त्यागेको बताए।

ह्यारीले आफूसँगै श्रीमती मेगनले अब शाही पदहरूको प्रयोग नगर्ने र धेरै समय क्यानडामा बिताउने घोषणा गरेपछि ह्यारीले एक परोपकारी संस्थाको कार्यक्रममा पहिलो सार्वजनिक प्रतिक्रिया दिएका हुन्।

‘म र मेरी श्रीमती पछि हट्ने सम्बन्धमा गरेको निर्णय मैले हलुका ढङ्गले गरेको होइन। महिनौँदेखिको छलफल र वर्षौँदेखिको चुनौती पछि यो निर्णय गरिएको हो।’

उनले आफू र आफ्नी पत्नीले करदाताको पैसा नलिइकनै महारानीका लागि काम गर्ने विश्वास राखेको तर दुर्भाग्यवश त्यो हुन नसकेको धारणा व्यक्त गरे।

ह्यारीले भने,‘सार्वजनिक अनुदान बिना हामीले महारानी, राष्ट्रमण्डल र सैन्य संघको सेवा गर्नु थियो। दुर्भाग्यवश त्यो सफल हुन सकेन।’

ह्यारीले यसअघि नै आफूहरु आर्थिक रुपमा स्वतन्त्र हुने बताइसकेका छन्।

उनले ब्रिटेन आफ्नो घर भएको र त्यो कहिल्यै नबदलिने पनि बताए। उनले आफू र मेगन टाढा भाग्न नलागेको पनि स्पष्ट पारे।

यसै महिनाको सुरुमा ह्यारी र मेगनले आफूहरू राजपरिवारको वरिष्ठ सदस्य नरहने घोषणा गरेका थिए।

दक्षिणी अफ्रिकामा एचआईभीसहित बाँचिरहेका बालबालिकाका लागि ह्यारी सहसंस्थापक रहेको एउटा संस्थाले रकम जम्मा गर्नका लागि आयोजना गरेको कार्यक्रममा उनीले आफ्ना धारणाहरू राखेका हुन्। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad